२०८२ पौष ३ गते बिहिवार
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भएकी छन् ।
भूगोल राजधानी विशेषबाट उम्मेदार बनेकी उनले ४० वर्ष मुनिकाको भिडन्त भएको उक्त क्लस्टरका अन्य दुई उम्मेदवार ईन्जिनियर राजन थापा र सन्तोष खड्कालाई फराकिलो मतले हराइन् ।
सुनिताले १६६८ मत पाउँदा थापाले २२९ र खड्काले ३३० मात्रै मत ल्याए । यससँगै सुनिताले एमालेको राजनीतिमा औपचारिक यात्रा थालेकी छन् ।
उनी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा थिइन् । उता कोशीबाट युवा क्लस्टरको उम्मेदवारमा युवा संघका अध्यक्ष क्षितिज थेबे समावेश थिए । उनले पनि ठूलो मतान्तरले जित निकालेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij