Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

पछिल्लो २४ घण्टामा थप ८१६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ८१६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु


  • 7.0K
    Shares

    पछिल्लो २४ घण्टामा  थप ८१६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । 

    यस्तै शनिबार कोरोनाका कारण १८७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १८ हजार ५४८ परीक्षणमध्ये १७ हजार ९७१ जनाको पिसिआर र ५७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

    थपिएका संक्रमितसँगै नेपालमा हालसम्म संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । यस्तै ३ लाख ३३ हजार १०८ संक्रमित निको भएका छन् । 

    कोरोनाबाट हालसम्म नेपालमा ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५४५५ संक्रमित निको भएका छन् । 

     

    प्रकाशित मिति :जेठ १ २०७८ शनिवार - १७:५८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij