Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

एमालेको नयाँ नेतृत्व चयनका लागि यी ३६ जनाले हालेनन् भोट

एमालेको नयाँ नेतृत्व चयनका लागि यी ३६ जनाले हालेनन् भोट


  • 1.3K
    Shares

    एमालेको नयाँ नेतृत्व चयनका लागि यी ३६ जनाले हालेनन् भोट
    images

    काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये ३६ जनाले नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा भोट हालेनन्। 

    एमालेको केन्द्रीय निर्वाचन आयोगका अनुसार जम्मा २ हजार २ सय २७ मत मात्रै खसेको हो। ३६ जना मतदाता भने विभिन्न कारण मतदानमा सहभागी हुन नसेको आयोगले जनाएको छ।

    एमाले निर्वाचन आयोगका अनुसार मतदानमा मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोस्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजोपाध्य, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला,दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मीना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल, गोमा नेपालीलगायत उपस्थित हुन नसकेका हुन्। 

    एमाले निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाका अनुसार हिजो बुधबार बिहान ९स्२० बजे विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको मतदान आज बिहान ७ बजे आसपास सम्पन्न भएको हो। अब मतगणना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। बिहान साढे ७ बजेतिर उनले भने, ‘अब आधा घन्टापछि मतगणना सुरु होला, गणना सुरु भएको २ घन्टाजतिमा परिणाम आउला।’

    एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। दुवैको प्यानलमा नपरेकाहरूले स्वतन्त्र रूपमा समेत उम्मेदवारी दिएका छन्।

    प्रकाशित मिति :पौष ३ २०८२ बिहिवार - ०८:१३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij