२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १७०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेर तोलामा २ लाख ५९ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ६० हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij