२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । बैतडीमा १० किलो अवैध लागुऔषध चरेशसहित एकजना पक्राउ परेका छन् ।
पुर्चौडी नगरपालिका ६ मुडेली धारबाट पुर्चौडी नगरपालिका ४ शिबाओ घर भई हाल बझाङ बुङ्गल नगरपालिका ९ बस्ने ३० वर्षीय मानबहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको हो ।
सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij