Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२१ देखि ३० वर्ष उमेरका युवामा सबैभन्दा बढी कोरोना संक्रमण

२१ देखि ३० वर्ष उमेरका युवामा सबैभन्दा बढी कोरोना संक्रमण


  • 7.4K
    Shares

    २१ देखि ३० वर्ष उमेरका युवामा सबैभन्दा बढी कोरोना संक्रमण

    इटहरी । सुनसरीमा २१ देखि ३० वर्ष उमेर समूहका युवाहरुमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्क अनुसार संक्रमित मध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको संख्या बढी रहेको छ ।

    उक्त उमेर समूहका हालसम्म २८ दशमलव ९ प्रतिशत संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, ३१ देखि ४० वर्ष उमेर समूह २३ दशमलव ६ प्रतिशत संक्रमित पाइएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँका अनुसार संक्रमति हुनेमा ४१ देखि ५० वर्ष उमेर समूह १६ दशमलव १ प्रतिशत रहेको छ । ५१ देखि ६० वर्ष सम्मका व्यक्तिहरु १२ दशमलव २ प्रतिशत संक्रमति पाइएको प्रसाईले बताए ।

    त्यसैगरी जेष्ठ नागरिक तर्फ ६१ देखि ७० वर्षका व्यक्तिहरु ६ दशमलव ४ प्रतिशत कोरोना पोजेटिभ पाइएको जिल्लाको तथ्याङ्कले देखाएको छ । जेष्ठ नागरिक तर्फकै ७१ देखि ८० वर्षको उमेर समूह ३ दशमलव १ प्रतिशत संक्रमित रहँदा ८१ देखि ९० वर्ष उमेर समूह १ प्रतिशत र सो भन्दा माथिको उमेर समूह ० दशमलव १ प्रतिशत संक्रमित पाइएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

    कार्यालयको तथ्याङकका आधारमा अहिलेसम्म कोरोना संक्रमित पाइएका १० वर्ष मुनिका बालबालिकाको संख्या ३ प्रतिशत छ । ११ देखि २० वर्ष उमेर समूह भने ५ दशमलव ६ प्रतिशत संक्रमित पाइएको उसले जनाएको छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या २ हजार नाघेको जनाएको छ भने मृतकको संख्या ४० रहेको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १७:३१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij