Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

२१ देखि ३० वर्ष उमेरका युवामा सबैभन्दा बढी कोरोना संक्रमण

२१ देखि ३० वर्ष उमेरका युवामा सबैभन्दा बढी कोरोना संक्रमण


  • 7.7K
    Shares

    २१ देखि ३० वर्ष उमेरका युवामा सबैभन्दा बढी कोरोना संक्रमण

    इटहरी । सुनसरीमा २१ देखि ३० वर्ष उमेर समूहका युवाहरुमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्क अनुसार संक्रमित मध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको संख्या बढी रहेको छ ।

    उक्त उमेर समूहका हालसम्म २८ दशमलव ९ प्रतिशत संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, ३१ देखि ४० वर्ष उमेर समूह २३ दशमलव ६ प्रतिशत संक्रमित पाइएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँका अनुसार संक्रमति हुनेमा ४१ देखि ५० वर्ष उमेर समूह १६ दशमलव १ प्रतिशत रहेको छ । ५१ देखि ६० वर्ष सम्मका व्यक्तिहरु १२ दशमलव २ प्रतिशत संक्रमति पाइएको प्रसाईले बताए ।

    त्यसैगरी जेष्ठ नागरिक तर्फ ६१ देखि ७० वर्षका व्यक्तिहरु ६ दशमलव ४ प्रतिशत कोरोना पोजेटिभ पाइएको जिल्लाको तथ्याङ्कले देखाएको छ । जेष्ठ नागरिक तर्फकै ७१ देखि ८० वर्षको उमेर समूह ३ दशमलव १ प्रतिशत संक्रमित रहँदा ८१ देखि ९० वर्ष उमेर समूह १ प्रतिशत र सो भन्दा माथिको उमेर समूह ० दशमलव १ प्रतिशत संक्रमित पाइएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

    कार्यालयको तथ्याङकका आधारमा अहिलेसम्म कोरोना संक्रमित पाइएका १० वर्ष मुनिका बालबालिकाको संख्या ३ प्रतिशत छ । ११ देखि २० वर्ष उमेर समूह भने ५ दशमलव ६ प्रतिशत संक्रमित पाइएको उसले जनाएको छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या २ हजार नाघेको जनाएको छ भने मृतकको संख्या ४० रहेको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १७:३१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij