२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । फिल्म ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ। माघ १ गते रिलिज हुने फिल्मको निर्माण पक्षले मंगलबार पोस्टर सार्वजनिक गरेको हो।
पोस्टरमा फिल्मका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड छन्। वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे देखिन्छन्। दुवै प्रशन्न मुद्रामा छन्।
पोस्टरले उनीहरू नगरपालिकाका सरसफाइ कर्मचारीजस्ता देखिन्छन्। रिक्सामा फोहोर छ, फोहोर उठाउने डस्ट प्यान छ। बल्छीको गलामा सिठी छ। ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्दै छन्। छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ।
पोस्टर सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले ‘गोबर गणेश’ सानो पर्दामा जस्तै ठूलो पर्दामा पनि दर्शकबाट माया पाउने अपेक्षा रहेको बताए। दर्शकले मन पराउने विषय र प्रस्तुतिसहित आउन लागेकाले दर्शकको साथ पाउने उनको विश्वास छ।
बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतको अभिनय छ।
तारानाथ न्यौपाने चिफ एडी रहेको फिल्ममा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ। टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ। नेपालमा यो फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij