२०८२ मंसिर १८ गते बिहिवार
काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।
आज सुन तोलामा २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३६ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३६ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij