Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

बाढी तथा पहिरोबाट प्रभावित उद्यमीहरूलाई राहत दिने राष्ट्र बैंकको घोषणा

बाढी तथा पहिरोबाट प्रभावित उद्यमीहरूलाई राहत दिने राष्ट्र बैंकको घोषणा


  • 673
    Shares

    बाढी तथा पहिरोबाट प्रभावित उद्यमीहरूलाई राहत दिने राष्ट्र बैंकको घोषणा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढी तथा पहिरोबाट प्रभावित उद्यमीहरूलाई लक्षित गर्दै राहत दिने घोषणा गरेको छ । राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । 

    इलाम लगायत बाढी प्रभावित जिल्लाका ऋणीहरूले न्यूनतम १० प्रतिशत ब्याज बुझाएर कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।

    ‘हालैको बाढीरपहिरोबाट प्रभावित इलाम लगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम र व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एक पटकको लागि पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ, मौद्रिक नीतिको समीक्षामा भनिएको छ।’

     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - ११:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij