Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’ प्रदान

शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’ प्रदान


  • 652
    Shares

    शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’ प्रदान

    काठमाडौं । दक्षिण एसियाली लेखा परीक्षक महासंघबाट (साफा) शिखर इन्स्योरेन्सले मेरिट प्रमाणपत्र प्राप्त गरेको छ । यो सम्मान प्राप्त गर्ने नेपालको पहिलो बिमा कम्पनी बनेको छ ।

    शिखर इन्स्योरेन्सका लागि मात्र नभइ नेपाली बिमा उद्योगका एउटा उल्लेखनीय माइल स्टोन रहेको बताइएको छ।

    साफाले प्रदान गर्ने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ ।

    कम्पनीले प्रकटीकरण प्रक्रिया सुधार गर्ने, प्रतिवेदनको गुणस्तर उन्नत बनाउने तथा सर्वसाधारणका लागि उपलब्ध गराइने वित्तीय सूचनालाई अझ विश्वसनीय र व्यवस्थित बनाउने दिशामा गर्दै आएको प्रयासको यो महत्त्वपूर्ण प्रमाण रहेको बताएको छ ।

    प्रकाशित मिति :मंसिर १४ २०८२ आइतवार - १२:३१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij