Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

घोराही सिमेन्टको वार्षिक साधारणसभा पुस १४ गते, यस्ता छन् एजेन्डा

घोराही सिमेन्टको वार्षिक साधारणसभा पुस १४ गते, यस्ता छन् एजेन्डा


  • 617
    Shares

    घोराही सिमेन्टको वार्षिक साधारणसभा पुस १४ गते, यस्ता छन् एजेन्डा

    काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ। सञ्चालक समितिको बैठकले साधारणसभा आगामि पुस १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा दाङको घोराही-१४ भरतपुरमा रहेको होटल पौवामा बिहान ९ बजेबाट सुरु हुने भएको छ।

    सभाले गत आर्थिक वर्ष २०८१\८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५२६३ प्रतिशत नगद लाभांश छन्।

    कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १ः०.७५ अनुपातमा अर्थात ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। बोनस शेयर र हकप्रद जारीपछि कम्पनीको चुक्तापुँजी ८ अर्ब ७९ करोड २७ लाख ९४ हजार ९७२.५० रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधान गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष२०८२\८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

    प्रकाशित मिति :मंसिर १४ २०८२ आइतवार - ११:२३:०४ बजे

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij