२०८२ मंसिर ४ गते बिहिवार
काठमाडौं । सुन र डलरको मूल्य बढ्दा मात्रै नेपाल राष्ट्र बैंकले एक वर्षमा ९१ अर्ब रुपैयाँ नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१\८२ को प्रतिवेदन अनुसार राष्ट्र बैंकले सो बराबरको नाफा कमाएको हो ।
राष्ट्र बैंकले सुनको मूल्य बढेबापत मात्रै ४६ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको छ भने त्यस्तै, विदेशी विनिमय डलरमा भएको वृद्धिका कारण बैंकले ४५ अर्ब २ करोड कमाएको छ ।
बैंकसँग गत असार मसान्तमा २४ अर्ब १४ करोड अमेरिकी डलर तथा पेपर गोल्ड र सञ्चित सुन समेत गरी ९ हजार २३४.१९ किलोग्राम सुन रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij