Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

राष्ट्रिय सभा निर्वाचन प्रयोजनाका लागि एमालेले गरायो दल दर्ता

राष्ट्रिय सभा निर्वाचन प्रयोजनाका लागि एमालेले गरायो दल दर्ता


  • 323
    Shares

    राष्ट्रिय सभा निर्वाचन प्रयोजनाका लागि एमालेले गरायो दल दर्ता
    images

    काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गरेको छ । बुधबार एमाले नेताहरु आयोग पुगेर दल दर्ता गरेको आयोगले जनाएको छ ।

    प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न अन्कनाएको एमालेले राष्ट्रिय सभा सदस्यका लागि भने दल दर्ता गराएको हो । बुधबार बेलुकासम्म राष्ट्रिय सभा निर्वाचनका लागि एमालेसहित ६ वटा पार्टीले दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार एमालेसहित नेमकिपा, बहुजन शक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा सदस्यका लागि दल दर्ता गराएका हुन् ।

    ५९ सदस्यीय राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट एक तिहाई सदस्य रिक्त हुदैछ । रिक्त हुनु एक महिना अघि नै ति पदमा निर्वाचन हुने व्यवस्था छ । राष्ट्रिय सभाका मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख हुने व्यवस्था छ । उनीहरुको मत भार १९ र ५३ हुनेछ ।  

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - ११:०२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij