२०८२ मंसिर ३ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलामा २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ९० रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij