Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

दोस्रो पटक पनि क्रेडिट रेटिङ मूल्याङ्कनमा नेपालले पायो ‘बीबी माइनस’

दोस्रो पटक पनि क्रेडिट रेटिङ मूल्याङ्कनमा नेपालले पायो ‘बीबी माइनस’


  • 218
    Shares

    दोस्रो पटक पनि क्रेडिट रेटिङ मूल्याङ्कनमा नेपालले पायो ‘बीबी माइनस’
    images

    काठमाडौं । नेपालले सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा दोस्रो पटक पनि ‘बीबी माइनस’ पाएको छ । नेपालले दोस्रो पटक ‘सोभरेन क्रेडिट रेटिङ’ गराएको हो ।

    क्रेडिट ‘रेटिङ’का लागि विश्वभर कहलिएको अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच’ नै दोस्रो पटक पनि नेपालको ‘रेटिङ’ गरेको हो ।

    सन् २०२५ का लागि ‘फिट्च रेटिङ्स’बाट दोस्रो पटक यस्तो रेटिङ्स प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । नेपालले गत वर्षको मूल्याङ्कनमा पनि सोही रेटिङ प्राप्त गरेको थियो ।

    पछिल्ला महिनाहरूमा देखिएको सामाजिक-राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिकाबिच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुप्रति अर्थ मन्त्रालय भने सन्तुष्ट देखिएको छ ।

    दोस्रो क्रेडिट रेटिङ्सले नेपालको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गरेको मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले बताएका छन् ।

    नेपालले प्राप्त गरेको यो रेटिङले मुलुक भित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट सङ्केत दिएको छ । 

    उनले मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा नेपालले आफ्नो सार्वभौम ऋण जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्न यो रेटिङले मद्दत पुर्‍याउने बताएका छन् ।

    विशेष गरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व अत्यन्त महत्त्वपूर्ण सूचकको रूपमा रहेको हुन्छ । अन्तर्राष्ट्रिय विकास साझेदारहरू, वैदेशिक लगानीकर्ताहरू, निजी क्षेत्र तथा आम नागरिकहरूले नेपाल सरकार प्रति देखाएको विश्वास र सहयोगका लागि अर्थ मन्त्रालयले आभार व्यक्त गरेको छ ।

    आगामी दिनमा पनि आर्थिक स्थायित्व, पारदर्शिता, सुशासन, उत्पादनमूलक लगानी, रोजगारी सिर्जना तथा सामाजिक-आर्थिक रूपान्तरणका साझा लक्ष्य प्रति प्रतिबद्धता व्यक्त गरिएको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १०:३८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij