२०८२ मंसिर ३ गते बुधवार
काठमाडौं । आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाकाबारेमा छलफल गरी आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो ।
ठुलो अण्डा प्रतिक्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने सङ्घका सचिव मदन पोखरेलले बताएका छन् । त्यस्तै सानो अण्डाको प्रतिक्रेट २६ सय मूल्य पर्ने छ । यसअघि ठुलो अण्डा प्रतिक्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij