Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

आज अमेरिकी डलरको मूल्य घट्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

आज अमेरिकी डलरको मूल्य घट्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?


  • 260
    Shares

    आज अमेरिकी डलरको मूल्य घट्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९० पैसा र बिक्रीदर १०१ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ १० पैसा र बिक्रीदर ३४ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९८ पैसा र बिक्रीदर २२ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ १४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - ०८:१२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij