Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

विचार र एजेन्डा मिल्ने दलसँग पार्टी एकता गर्ने तयारीमा जसपा

विचार र एजेन्डा मिल्ने दलसँग पार्टी एकता गर्ने तयारीमा जसपा


  • 344
    Shares

    विचार र एजेन्डा मिल्ने दलसँग पार्टी एकता गर्ने तयारीमा जसपा
    images

    काठमाडौं । कात्तिक २९ गते नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) बिच एकता सम्बन्धमा छलफल भयो । तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा भएको दुई पक्षीय वार्ता सकारात्मक भएको नेताहरूले बताएका छन् ।

    माओवादी, नेकपा एकीकृत समाजवादीसहित १२ वाम दल मिलेर नयाँ पार्टी गठन भएपछि जसपासँग पहिलोपटक छलफल भएको थियो । वैचारिक, सैद्धान्तिक र प्राविधिक विषयमा प्रारम्भिक छलफललाई आगामी दिनमा पनि निरन्तरता दिने सहमति भएको नेकपाका नेता देव गुरुङले बताए ।

    ‘वार्ता सकारात्मक भएको छ । वैचारिक, सैद्धान्तिक र प्रविधिक विषयमा प्रारम्भिक छलफल भएको छ । निष्कर्षमा पुगेको छैन । आगामी दिनमा छलफल र वार्तालाई निरन्तरता दिने सहमति भएको छ’, गुरुङले भनेका थिए ।

    यता जसपाबाट वार्ताको संयोजन गरेका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि नेकपासँग भएको छलफल सकारात्मक रहेको बताए ।

    ‘हामी विचार र मुद्दा मिल्नेसँग एकता, ध्रुवीकरणको पक्षमा छौँ । एकता प्रक्रियामा जोडिएका तीन घटकसँग हामीले समाजवादी मोर्चामा सहकार्य गरेका हौँ । नेकपा गठनअघि पनि हामीले तत्कालीन माओवादी, एकीकृत समाजवादीसँग पटक–पटक छलफल गरेका थियौँ । नयाँ दल बनेपछि पहिलो पटक छलफल भयो । प्रारम्भिक छलफल सकारात्मक छ । आगामीमा दिनमा पनि निरन्तरता दिनेछौँ’, श्रेष्ठले भने ।

    त्यसअघि असोजको दोस्रो हप्ता पेरिसडाँडामा तत्कालीन माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष राईबिच छलफल भएको थियो । श्रेष्ठले लामो समय एउटै पार्टीमा रहेर काम गरेको हिसाबले एकताका लागि जसपा नेपालसँग पनि छलफल भइरहेको श्रेष्ठले बताए ।

    जसपाको असार ६ र ७ गते सम्पन्न संघीय परिषदको प्रथम बैठकले अनुमोदन गरेको पार्टीको नीति तथा कार्यक्रमसम्बन्धी राजनीतिक दस्तावेजमा एकताबारे स्पष्ट उल्लेख भएको बताए । सोही नीति अनुसार नै विचार, सिद्धान्त र एजेन्डा मिल्ने दलहरूसँग एकता वार्ता भइरहेको उनको भनाइ छ ।

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १३:५७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij