Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छः संयोजक दाहाल

निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छः संयोजक दाहाल


  • 281
    Shares

    निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छः संयोजक दाहाल
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरुको सहमति आवश्यक रहेको बताएका छन् । खबर सेन्टरसँग कुरा गर्दै संयोजक दाहालले सबै राजनीतिक दलहरुको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन् । 

    उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भिरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताएका छन्। उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । 

    उनले भने, ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भिरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ । घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’

    उनले पार्टीको जिम्मेवारी बाँडफाँड भने मंगलवारको बैठकमा टुंग्याउने जानकारी दिएका छन् । जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रुपमा लाने भन्ने समझदारी भएको उनको भनाई छ । 

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १३:३३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij