Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

उत्कृष्ट करदातालाई सरकारले गर्‍यो सम्मान

उत्कृष्ट करदातालाई सरकारले गर्‍यो सम्मान


  • 246
    Shares

    उत्कृष्ट करदातालाई सरकारले गर्‍यो सम्मान
    images

    काठमाडौं । सरकारले कर दिवसको अवसर पारेर उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ ।

    व्यक्तिगततर्फ राजबहादुर शाह सबैभन्दा ठूलो करदाता घोषित हुँदा वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट परेको छ । त्यस्तै डाबर नेपाल, आईएमई लिमिटेड, युनिलिभर, नोबेल मेडिकल कलेज तथा अस्पताललगायतका संस्था धेरै कर तिर्नेमा परेका छन् ।

    आर्थिक वर्ष २०८०\८१ मा सबैभन्दा बढी आय कर तिर्ने नेपाल दूरसञ्चार प्राधिकरणले सबै भन्दा धेरै कर तिरेको छ । बस्तु निर्याततर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाल प्रालि रहेको छ ।

    सूचना प्रविधि सम्बन्धी सेवा निर्याततर्फ भेरिक्स नेपाल प्रालि रहेको छ ।

    त्यस्तै कृषि एवं पशुपन्छीतर्फ पोषक ब्रिडर फार्म उत्कृष्ट करदाताको सूचीमा परेको छ । बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तिरेको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल रहेका छन् ।

    त्यस्तै सीडीएस एण्ड क्लियरिङ, उत्पादनमूलक उद्योगमा भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ आईएमई लिमिटेड पनि सम्मानित भएका छन् ।

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - ११:५९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij