Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

मधेश भवन अगाडि आज सातौं दिन पनि सांसदहरु धर्नामा

मधेश भवन अगाडि आज सातौं दिन पनि सांसदहरु धर्नामा


  • 295
    Shares

    मधेश भवन अगाडि आज सातौं दिन पनि सांसदहरु धर्नामा
    images

    काठमाडौं । मधेश सरकार गठन बदरको माग गर्दै सात दलीय गठबन्धनका प्रदेश सांसदहरू आज सातौं दिनपनि मधेश भवन अगाडि धर्ना बसेका छन् ।

    नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकसातादेखि मधेश भवन अगाडि धर्ना दिँदै आएका छन् ।

    संविधानको धारा १६८ को ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकार असंवैधानिक रहेकोले बदर हुनुपर्ने सातदलीय गठबन्धनको माग छ ।

    यस्तै उनीहरु सर्वोच्च अदालतमा सरकार गठनविरुद्ध दिएको रिटमाथि आज पनि सुनुवाइ रहेको छ । सभामुख रामचन्द्र मण्डलमाथि पनि महाभियोग लगाएर सात दलीय गठबन्धन निरन्तर आन्दोलनमा छन् ।

     

     

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - ११:५४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij