Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

वर्तमान सरकारले निर्वाचन गराउने कुनै आधार देखिँदैनः एमाले नेता अधिकारी

वर्तमान सरकारले निर्वाचन गराउने कुनै आधार देखिँदैनः एमाले नेता अधिकारी


  • 323
    Shares

    वर्तमान सरकारले निर्वाचन गराउने कुनै आधार देखिँदैनः एमाले नेता अधिकारी
    images

    काठमाडौं । नेकपा (एमाले) नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको टिप्पणी गरेका छन् । सोमवार जनकपुरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । 

    नेता अधिकारीले सरकारले निर्वाचन गराउने कुनै आधार नदिएको जिकिर समेत गरेका छन् । प्रहरीबाट लुटिएका एसएलआरलगायतको हतियारसहित निर्वाचनमा गोलाबारुद्ध हुने सम्भावना विद्यमान रहेकाले आगामी फागुन २१ गते निर्वाचन हुने कुनै सम्भावना नभएको उनको तर्क थियो । 

    उनले भने, ‘कुनै राजनीतिक दलको नेतृत्वमा अभियुक्तहरुलाई फरार बनाइयो । हतियारहरु लुटिएका छन । प्रहरीको पोशाक र लजेष्टिक सामानहरु पनि लुटिएका छन । र कुनैपनि मतदान केन्द्रमा एसएलआर समेत प्रयोग गरेर प्रहरीकै पोशाकमा गोलाबारुद हुने सम्भावना छदैछ । त्यसलाई शान्ति, सुरक्षा, अमनचैन, भयरहित वातावरण बनाउनुपर्ने सरकारको पहिलो कर्तव्य हो । त्यो काम उसले गरेकै छैन । पूर्वाधार बनाएकै छैन । राजनीतिक दलका भेटनै मन लाग्दैन भन्ने प्रधानमन्त्रीले चुनाव गराउन खोजेको हो भन्ने तपाईलाई लाग्छ र । त्यसैले चुनाव गराउन खोजिएको कुनै आधार नै देखिएको छैन । र, चुनाव हुन्छ भन्ने कुरामा आम जनतालाई विश्वास पनि छैन । अहिले चुनावको वातावरण बनाउनु प¥यो एक । र, संविधान जुन लिक बाहिर छ । त्यसलाई लिकमा ल्याउन संसद पुनस्थापना गर्ने र युवा पुस्ताका मागहरु सुशासन र भ्रष्टाचारको अन्त्य जुन माग उनीहरुले गरेका छन ।’

    नेता अधिकारीले राजनीतिक दलका नेताहरुलाई भेट्नै मन लाग्दैन भन्ने प्रधानमन्त्रीले निर्वाचन गराउँछन् भनेर भन्न नमिल्ने समेत बताएका छन् । 

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - ११:४२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij