Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

वर्तमान सरकारले निर्वाचन गराउने कुनै आधार देखिँदैनः एमाले नेता अधिकारी

वर्तमान सरकारले निर्वाचन गराउने कुनै आधार देखिँदैनः एमाले नेता अधिकारी


  • 708
    Shares

    • images
    वर्तमान सरकारले निर्वाचन गराउने कुनै आधार देखिँदैनः एमाले नेता अधिकारी

    काठमाडौं । नेकपा (एमाले) नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको टिप्पणी गरेका छन् । सोमवार जनकपुरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । 

    नेता अधिकारीले सरकारले निर्वाचन गराउने कुनै आधार नदिएको जिकिर समेत गरेका छन् । प्रहरीबाट लुटिएका एसएलआरलगायतको हतियारसहित निर्वाचनमा गोलाबारुद्ध हुने सम्भावना विद्यमान रहेकाले आगामी फागुन २१ गते निर्वाचन हुने कुनै सम्भावना नभएको उनको तर्क थियो । 

    उनले भने, ‘कुनै राजनीतिक दलको नेतृत्वमा अभियुक्तहरुलाई फरार बनाइयो । हतियारहरु लुटिएका छन । प्रहरीको पोशाक र लजेष्टिक सामानहरु पनि लुटिएका छन । र कुनैपनि मतदान केन्द्रमा एसएलआर समेत प्रयोग गरेर प्रहरीकै पोशाकमा गोलाबारुद हुने सम्भावना छदैछ । त्यसलाई शान्ति, सुरक्षा, अमनचैन, भयरहित वातावरण बनाउनुपर्ने सरकारको पहिलो कर्तव्य हो । त्यो काम उसले गरेकै छैन । पूर्वाधार बनाएकै छैन । राजनीतिक दलका भेटनै मन लाग्दैन भन्ने प्रधानमन्त्रीले चुनाव गराउन खोजेको हो भन्ने तपाईलाई लाग्छ र । त्यसैले चुनाव गराउन खोजिएको कुनै आधार नै देखिएको छैन । र, चुनाव हुन्छ भन्ने कुरामा आम जनतालाई विश्वास पनि छैन । अहिले चुनावको वातावरण बनाउनु प¥यो एक । र, संविधान जुन लिक बाहिर छ । त्यसलाई लिकमा ल्याउन संसद पुनस्थापना गर्ने र युवा पुस्ताका मागहरु सुशासन र भ्रष्टाचारको अन्त्य जुन माग उनीहरुले गरेका छन ।’

    नेता अधिकारीले राजनीतिक दलका नेताहरुलाई भेट्नै मन लाग्दैन भन्ने प्रधानमन्त्रीले निर्वाचन गराउँछन् भनेर भन्न नमिल्ने समेत बताएका छन् । 

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - ११:४२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij