२०८२ मंसिर १ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलामा २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij