Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

सडक डिभिजन कार्यालय काठमाडौंले ताेड्याे २५ रुग्ण ठेक्का (सूचीसहित)

सडक डिभिजन कार्यालय काठमाडौंले ताेड्याे २५ रुग्ण ठेक्का (सूचीसहित)


  • 365
    Shares

    सडक डिभिजन कार्यालय काठमाडौंले ताेड्याे २५ रुग्ण ठेक्का (सूचीसहित)
    images

    काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले २५ रुग्ण ठेक्का तोडेको छ । आर्थिक वर्ष २०६७\६८ देखि २०७९\८०मा सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका रुग्ण ठेक्का तोडिएको हो ।

    ठेक्का तोड्ने निर्णय गर्नुअघि ११ कात्तिकमा ठेक्का किन नतोड्ने रु भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । 

    निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको कार्यालय प्रमुख सुवोध देवकोटाले जानकारी दिएका छन् ।

    निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन समेत दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । 

    image-200.png

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - ११:००:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij