Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता माघ ६ गते

प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता माघ ६ गते


  • 596
    Shares

    प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता माघ ६ गते
    images

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारी दर्ता माघ ६ गते हुने जनाएको छ । आयोगले आइतबार (कात्तिक ३०) सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार, माघ ६ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयन पत्र दर्ता हुनेछ ।

    सोही दिन बेलुका ५ देखि ७ बजेसम्ममा उमेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उमेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिन दिउँसो ३ देखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्ममा उमेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिका रहेको आयोगले जनाएको छ । 

    त्यस्तै, माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारको नाम फिर्ता लिन सकिनेछ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

    स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १९:४४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij