२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको शान्ति सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । आइतबार भक्तपुरको प्रेस चौतारिका नेताहरुसँगको छलफलमा उनले अहिले देशलाई शान्ति सुरक्षाको खाँचो रहेको बताएका हुन् ।
उनले एमाले चुनावबाट नभाग्ने बताएका छन् । एमाले देशको सबैभन्दा ठूलो र मजबुद पार्टी रहेको उल्लेख गर्दै उनले निर्वाचनबाट भाग्दैनौं, डराउँदैनौं भनेर लुते कुरा गरिरहन आवश्यक नरहेको बताएका छन् ।
उनले भने, ‘देशको सबभन्दा ठूलो सबभन्दा मजबुत पार्टी चुनावबाट भाग्दैनौं, डराउँदैनौं भनेर लुते कुरा गरिरहनुपर्छ र ? चुनाव भए हामी चुनाव गराउन चाहन्छौं,’।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij