२०८२ भाद्र ६ गते शुक्रवार
सिमेन्ट उद्योगको खानी क्षेत्रमा बम विस्फोट हुँदा चार जना मजदुर घाइते भएका छन् ।
उदयपुरको कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा गएराति बम विस्फोट भएको हो । राति सवा १२ बजे भएको विस्फोटमा चार जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।
विस्फोटमा कटारी नगरपालिका–८ का २४ वर्षीय विष्णुबहादुर मगर, कटारी ७ का २३ वर्षीय नवीन मगर, उदयपुरगढी गाउँपालिका–२ का दुर्गा तामाङ र मकवानपुरका ३० वर्षीय सागर मोक्तान घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
खानी क्षेत्रमा चार वटा बम एकै पटक विस्फोट भएको जनाएको छ। बम राख्नेको भने पहिचान हुन सकेको छैन ।
विस्फोटमा परि चार वटा एक्स्काभेट र एउटा मोटरसाइकलमा पनि क्षति पुगेको छ। घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij