Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

मानुषी, सुदन र सन्तोषलाई लिएर प्रगतिशील पार्टी खोल्दै जनार्दन

मानुषी, सुदन र सन्तोषलाई लिएर प्रगतिशील पार्टी खोल्दै जनार्दन


  • 491
    Shares

    मानुषी, सुदन र सन्तोषलाई लिएर प्रगतिशील पार्टी खोल्दै जनार्दन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार माओवादी केन्द्रका नेता जनार्दन शर्माको टिमसँग जोडिएका छन् । दल दर्ताको तयारीसमेत गरिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराई र अन्य केही दलका नेतालाई साथ लिएर नयाँ दल दर्ताको प्रयास भइरहेको नेताहरूले बताएका छन्।

    शुक्रबार रास्वपाको साधारण सदस्य समेत त्यागेका परियारले नयाँ पार्टी खोल्ने बताए ।

    “अब नयाँ पार्टी बनाउँछौँ । मानुषी यमी भट्टराई, सुदन किराँती लगायतका साथीहरू भएर पार्टी बनाउँछौँ,” उनले भने, “वक्तव्य जारीको तयारी गर्दैछौँ ।”

    पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रगतशील नागरिक पार्टीलगायत विकल्पमा छलफल भइरहेको उनले बताए । 

    उनका अनुसार, निर्वाचन आयोगमासमेत पत्र गइसकेको छ । उनले आजै पार्टीबाट राजीनामा दिएका हुन् ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १५:४६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij