२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
साथै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ३ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij