Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

जेन–जी आन्दोलनको सन्देश नबुझे कांग्रेस झन् असान्दर्भिक हुँदै जान्छ: विश्वप्रकाश शर्मा

जेन–जी आन्दोलनको सन्देश नबुझे कांग्रेस झन् असान्दर्भिक हुँदै जान्छ: विश्वप्रकाश शर्मा


  • 1.0K
    Shares

    जेन–जी आन्दोलनको सन्देश नबुझे कांग्रेस झन् असान्दर्भिक हुँदै जान्छ: विश्वप्रकाश शर्मा
    images

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनले दिएको सन्देश बेवास्ता गर्ने हो भने कांग्रेस अझै जनताबाट टाढा पुग्ने चेतावनी दिएका छन्।

    सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार लिखित भनाइ राख्दै उनले यस्तो बताएका हुन् । ‘जेन–जी आन्दोलन कुनै आकस्मिक घटना होइन, यो दशकौँदेखि बढ्दै आएको असन्तुष्टि र असमानताको परिणाम हो। यसको मर्म बुझ्न कांग्रेस असफल भयो भने हाम्रो अस्तित्व नै प्रश्नमा पर्छ’, उनले भनेका छन् ।

    जेन-जी आन्दोलनले देशको पुरानो राजनीतिक ढाँचा र सोचप्रति गहिरो अविश्वास प्रकट गरेको बताए । उनले भने, ‘जनताले दलहरूलाई होइन, प्रवृत्तिलाई अस्वीकार गरेका हुन्। त्यसैले हामीले नयाँ सोच, नयाँ व्यवहार र नयाँ नेतृत्व संस्कारका साथ अघि बढ्नुपर्छ।’

    आगामी फागुन २१ मा तोकिएको आमनिर्वाचनलाई उनले जनताको पुनःनिर्णयको अवसरका रूपमा लिन आग्रह गरे। उनले थपे, ‘यो केवल सत्ता सन्तुलनको निर्वाचन होइन, राजनीतिक संस्कार परिवर्तनको क्षण हो। पुराना सोच र नयाँ पुस्ताबीचको प्रतिस्पर्धा हुनेछ।’

    शर्माले पार्टी नेतृत्वलाई निर्वाचन तयारीमा ढिलाइ नगर्न, उम्मेदवार छनोटमा पारदर्शिता अपनाउन र राजनीतिक एजेन्डा जनमुखी बनाउन सुझाव दिए।

    उनले भने, ‘फागुन २१ ले जनताको धैर्यको सीमा कति टाढासम्म पुगेको छ भन्ने पनि देखाउनेछ। त्यसैले हामीले घोषणापत्र होइन, व्यवहारको भरोसा दिनुपर्छ।’

    शर्माले जेन–जी आन्दोलनले प्रणाली परिवर्तनको चेतावनी दिइसकेको पनि बताए । ‘अब कांग्रेसले त्यो चेतावनीलाई सुधारको अवसरका रूपमा प्रयोग गर्छ कि प्रतिरोधको रूपमा लिन्छ, त्यसैले हाम्रो भविष्य निर्भर छ’, उनले भने ।

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १९:०७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij