२०८२ कार्तिक २७ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा होहल्ला भएको छ । सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई दोहर्याएर बोल्न दिएपछि बैठकमा होहल्ला भएको हो।
बिहीबारको बैठकमा मन्सुरलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोल्न दिएका थिए । उनी बोल्न लागेपछि सदस्यहरूले होहल्ला गरेका हुन् ।
मन्सुरले यसअघि नै कात्तिक १९ गते बसेको बैठकमा धारणा राखिसकेको भन्दै नेताहरूले होहल्ला गरेका बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए का छन्।
१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका मन्सुर अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको एजेण्डालाई समर्थन गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij