Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

गृहमन्त्री अर्यालको स्पष्टीकरण– दल खोल्दिनँ, चुनाव लड्दिनँ

गृहमन्त्री अर्यालको स्पष्टीकरण– दल खोल्दिनँ, चुनाव लड्दिनँ


  • 316
    Shares

    गृहमन्त्री अर्यालको स्पष्टीकरण– दल खोल्दिनँ, चुनाव लड्दिनँ
    images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले राजनीतिक दल खोल्ने वा चुनाव लड्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन् । उनले आफूहरू संविधानको शपथ खाएर आएको र त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको बताए ।

    राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज (बिहीबार) बसेको बैठकमा सांसद किरणबाबु श्रेष्ठले 'गृहमन्त्रीले दल खोल्ने वा चुनाव लड्ने तयारी गरेको हो ?' भनेर प्रश्न गरेका थिए ।

    जवाफमा गृहमन्त्री अर्यालले तत्काल प्रतिवाद गर्दै भने, "म दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ ।" बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री अर्यालले आफूहरू संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याए । उनले संविधानमा कुनै सुधार आवश्यक भए त्यसको प्रक्रिया पनि संसद्‌बाटै हुनुपर्नेमा जोड दिए ।

    "जसले अरू कुरा गर्नुहुन्छ, उहाँहरूलाई संविधानको बाटोमा आउन हामीले आग्रह गरेका छौँ," उनले भने । गृहमन्त्री अर्याल आज समितिमा मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था र सरकारले गरिरहेको निर्वाचनको तयारीबारे जानकारी गराउन उपस्थित भएका थिए ।

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १५:१९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij