Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

दल दर्ताको कोसिस गर्दै सुदन, तीन समूहका जेन-जीलाई बोलाए छलफलमा

दल दर्ताको कोसिस गर्दै सुदन, तीन समूहका जेन-जीलाई बोलाए छलफलमा


  • 1.2K
    Shares

    दल दर्ताको कोसिस गर्दै सुदन, तीन समूहका जेन-जीलाई बोलाए छलफलमा

    काठमाडौं ।  ‘द काउन्सिल अफ जेन-जी’का संयोजक सुदन गुरुङले तीनवटा समूहमा विभाजित जेन-जीहरूलाई छलफलमा बोलाएका छन्।

    जेन-जी मुभमेन्ट अलायन्स र जेन-जी फ्रन्टका नेताहरूलाई गुरुङले बैठकका लागि बोलाएका हुन्। यस्तै गुरुङको समूह ‘द काउन्सिल अफ जेन-जी’पनि बैठकमा सहभागी हुनेछ

    बुधबार हुने बैठकमा फागुनको निर्वाचन नजिकिँदै गर्दा कसरी अगाडि बढ्ने रणनिति बनाइने भएको छ। दल दर्ताका लागि जेन-जीहरू अलग अलग जाने या एकै ठाउँ उभिने विषयमा कुरा हुने भएको छ । सुदन गुरुङले नयाँ दल दर्ता गराउन लागेको अवस्थामा उनले अन्य जेन-जीहरूलाई पनि त्यसमै समाहित हुन प्रस्ताव गर्न सक्नेछन् ।

    मङ्गलबार बेलुका यी तीन समूहबीच विभिन्न विषयमा छलफल भएको थियो। त्यसैको निरन्तरतास्वरूप गुरुङले यी तीन समूहबीच छलफल गराउन लागेका हुन् ।गुरुङले काठमाडौंको वसन्तपुरमा बैठक बस्ने गरी उनीहरूलाई बोलाएका छन्। बैठक साँझ ६ बजेदेखि बस्ने जेन-जी नेताहरूले बताएका छन् ।

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १७:०२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij