Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कुलमान घिसिङ तत्कालीन नेकपा (माओवादी केन्द्र)को उर्जा विभाग सदस्य भएको खुलासा

कुलमान घिसिङ तत्कालीन नेकपा (माओवादी केन्द्र)को उर्जा विभाग सदस्य भएको खुलासा


  • 2.8K
    Shares

    कुलमान घिसिङ तत्कालीन नेकपा (माओवादी केन्द्र)को उर्जा विभाग सदस्य भएको खुलासा

    काठमाडौं । कुलमान घिसिङ तत्कालीन नेकपा (माओवादी केन्द्र)को उर्जा विभाग सदस्यमा बसेर काम गरेको खुलासा भएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता सरल सहयात्रीले फेसबुकमा स्टाटस लेख्दै कुलामान घिसिङ विगतमा माओवादी केन्द्रको उर्जा विभाग सदस्य भएको उल्लेख गरेका हुन् ।

    ‘उज्यालो नेपाल अभियान नेकपा (माओवादी केन्द्र) रुपी जरा, कमरेड प्रचण्डरूपी काण्ड, कमरेड जनार्दनरूपी हाँगा र कमरेड कुलमानरुपी फुलमा फक्रिएको फल हो । यहाँ मैले किन कमरेड कुलमान भनेको भने कुलमानजी तत्कालीन नेकपा (माओबादी केन्द्र) को उर्जा विभागको सदस्य समेत हुन्’, सहयात्रीले फेसबुकमा लेखेका छन् ।

    यस्तो छ स्ट्याटस -उज्यालो नेपाल अभियान नेकपा (माओवादी केन्द्र)रुपी जरा, कमरेड प्रचण्डरूपी काण्ड, कमरेड जनार्दन रुपी हाँगा र कमरेड कुलमानरुपी फुलमा फक्रिएको फल हो 

    ‘याहाँ मैले किन कमरेड कुलमान भनेको भने कुलमानजी तत्कालीन नेकपा (माओबादी केन्द्र) को उर्जा विभागको सदस्य समेत हुन् ‘ ।

    फलले फुललाई, फुलले हाँगालाई, हाँगाले काण्डलाई र काण्डले जराको भूमिकालाई बिर्सेर म एक्लै लोकप्रिय र सुन्दर  भएर फुलेको र फलेको हुँ  भन्नु हुँदैन । यतिकुरा चैं तितोसत्य हो कि - हाँगा र फुलले घमण्ड गरेपनि बलियो जरा भएको वृक्षले हजारौं फुलहरू जन्माइरहन्छ ‘ ।

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - १७:००:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij