Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

एमाले निर्वाचनबाट भाग्दैन तर निर्वाचन हुने विश्वास छैनः अग्नी खरेल

एमाले निर्वाचनबाट भाग्दैन तर निर्वाचन हुने विश्वास छैनः अग्नी खरेल


  • 764
    Shares

    एमाले निर्वाचनबाट भाग्दैन तर निर्वाचन हुने विश्वास छैनः अग्नी खरेल
    images

    काठमाडौं । एमाले नेता एवं पूर्वकानूनमन्त्री अग्नी खरेलले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताएका छन । नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधि सभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसंगको अन्तरक्रिया कार्यक्रमा उनले यस्तो बताएका हुन्।

    उनले वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको आरोप लगाएका छन्। निर्वाचनको मुख्य स्टेकहोल्डर रहेका राजनितिक दलका नेताहरुलाई नै नभेट्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले निर्वाचन गराउनेमा आफूहरुलाई विश्वास नलागेको उनको भनाई छ । उनले निर्वाचन गर्ने वातावरण बनाउने सरकारको काम भएको बताएका छन् तर सरकारको कामकारबाहीले निर्वाचनको वातावरण बनाउने भन्दा विगार्नेतिर बढी गएको उनको भनाई छ । 

    उनले भने, ‘प्रहरीको मनोबल अगाडी बढेको छैन । म विनम्रतापूर्वक भन्छु, ढंगले आओस् एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन । तर निर्वाचन हुँदैछ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी ढाँचाकाँचा नै छैन । कामकारबाही नै त्यो खालको भईरहको छैन । अनि कसरी निर्वाचन हुन्छ भनेर विश्वास गर्ने । निर्वाचनमय वातावरण बन्नुपर्छ होला नी त, त्यो वातावरण बनेको छ रु त्यसका निम्ति चाहिने चीजहरु आएर फरर आएर भनेर मात्रै हुन्छ रु त्यो खालको निर्वाचनमय वातावरण बनेको छ कि छैन । या बनाईँदै छ कि छैन । चुनाव गर्नुस् हामी भाग लिन्छौ तर हामीलाई आजसम्म चुनाव हुन्छ भन्ने विश्वास छैन, त्यो विश्वास दिलाउने काम सरकारको हो । दलसंग वार्ता गर्दिन भन्ने प्रधानमन्त्रीले देशमा चुनाव खोजेको भन्ने मलाई लाग्दैन । शिर्ष नेताहरुसंग म बस्दिन, किन बस्दिन रु प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानन्याधीश बनाउने त तीनै शिर्ष नेता हुन त रु त्यसबेला प्रधानमन्त्री केपी ओली नै हुनुहुन्थ्यो क्यार ।’ 

    उनले राजनितिक दलहरुसमेतको समर्थनमा खिलराज रेग्मी नेतृत्वको सरकार बनेकोले उक्त सरकारले सजिलै निर्वाचन गर्न सफल भएको पनि स्मरण गरेका छन् । 

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - १६:२९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij