२०८२ कार्तिक २६ गते बुधवार
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताका लागि जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईलाई प्रस्ताव गरेका छन् ।
२०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गरेका थिए ।डेढ वर्षपछि यादवले राईलाई एकताका लागि प्रस्ताव गरेका हुन् । घर फर्क अभियान सञ्चालन गरेका यादवले पार्टीका शीर्ष नेताहरुलाई पठाएर जसपा अध्यक्ष राइलाई एकताका लागि प्रस्ताव गरेका हुन् ।
जसपा नेपालबाट पार्टी एकताका लागि प्रस्ताव आएको विषय जसपाका महासचिव इस्तियाक राईले स्वीकार गरेका छन् ।
उनले भने, ‘एकता र सहकार्यका लागि प्रस्ताव आएको हो, जसपा नेपालका शीर्ष नेताहरू हामीसँग कुरा गर्न आउनु भएको हो, त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ ।’
तर, जसपाले एकताभन्दा पनि मोर्चा वा कार्यकर्तामा जोड दिएको छ । ‘विगतमा भएका एकता मधेसमा टिकेका छैनन्, बरु अधिकार, पहिचानको मुद्दामा एक साथ लड्नका लागि मोर्चाबन्दी, कार्यगत एकता गरेर अगाडि बढ्न सकिन्छ भनेर हामीले जवाफ दिएका छौँ,महासचिव राईले भने ।’
ल्बदष् िदबलप
हतारमा एकता गर्न नहुने पक्षमा आफूहरू रहेको उनले बताए । एकता र सहकार्यका लागि पार्टी खुला रहेको उल्लेख गर्दै त्यसका लागि पार्टीले कार्यदल नै गठन गरेको बताए । उनका अनुसार अहिले कुनै पनि पार्टीसँग एकता गर्ने विषयमा निर्णय भएको छैन ।
उनले प्रस्ताव विभिन्न दलबाट आएको समेत बताए । नेपाली कम्युनिष्ट पार्टीसँग जसपाले एकता गर्दै छ भनी सञ्चारमाध्यममा आएको कुरामा सत्यता नरहेको समेत जसपा महासचिव राईले बताए । उनले भने, ‘यो एकताको बारेमा कसैसँग छलफल पनि भएको छैन, अनि एकता गर्ने कुरा कहाँबाट आउँछ ।’
कात्तिक २० गते सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि एकता र सहकार्यको बारेमा छलफल भएको थियो । कुन पार्टीसँग एकता गर्ने वा नगर्ने विषयमा अगामी कार्यकारिणी समितिको बैठकले गर्ने बताइएको छ ।
यता जसपा नेपालले अशोक राईको पार्टीलाई मात्र नभई महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालसँग पनि एकताका लागि पहल थालेको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबिच नियमित छलफल भइरहेको छ । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालदेखि विभिन्न समयमा पार्टीका छाडेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई जसपा नेपालमा गोलबद्ध हुन आग्रह गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij