२०८२ कार्तिक २६ गते बुधवार
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक शुरु भएको छ । विगत लामो समयदेखि जारी रहेको केन्द्रिय समिति बैठक मंगलवार मध्यान्हबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी छ ।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, लगायत सहमहामन्त्री, केन्द्रिय सदस्यहरु रहेका छन् । पार्टी महामन्त्री थापा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग र महाधिवेशनका लागि कार्यतालिका प्रश्तुत गर्न नदिएपछि केही बैठकहरुमा उपस्थित भएका थिएन ।
मंगलवारको बैठकमा पनि सहभागी छन् । काँग्रेसमा सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर गएपछि पार्टीका निर्णयहरु हुन सकेका छैनन् । एक पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेलामा अर्को पक्ष नियमित महाधिवेशन हुनुपर्ने तर निर्वाचन अघि हुन नहुने पक्षमा छन् ।
केन्द्रिय समितिको बैठकमा संसद पुनःस्थापना, निर्वाचन, विशेष महाधिवेशन लगायत समसामयिक राजनीतिक विषयहरुमा आफ्ना धारणा राख्ने क्रम जारी छ ।





© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij