२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम भण्डारीलाई मंगलबारबाट लागु हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
कानुनविपरित मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले सोमबार भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij