२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र जारी अन्तरद्वन्द्व समाधानका लागि सकारात्मक पहल अघि बढेको छ । हिजो अध्यक्ष राजेन्द्र लिङदेनले दुई पूर्वअध्यक्षहरूसँग छलफल गरेपश्चात दुवैपक्षबीच मेलमिलापको वातावरण बनेको हो ।
हिजोको बैठकमा भएको समझदारी अनुसार महामन्त्री डा। धवलशम्शेर राणाले गुट भेला स्थगित गरेका छन् । नले आउँदो कात्तिक २६ गते संस्थापन इतर पक्षका केन्द्रीय सदस्यहरुलाई काठमाडौंमा छलफलका लागि बोलाएका थिए ।
पार्टीको केन्द्रीय समिति वैठक एक महिना पछि धकेलिएपछि आफ्नो कार्यक्रम पनि हाललाई स्थगन भएको जानकारी राणाले सामाजिक सञ्जालबाट दिएका छन् ।‘आवश्यकता अनुसार खबर गर्नेछु, सम्पर्कमा रहने छु,’ उनले भनेका छन् ।
हिजोको बैठकमा दुवै पक्षले गुट भेला नबोलाउने र आपसी संवादमा रहने समझदारी जुटेको थियो । त्यसै अनुरूप कात्तिक २७ र २८ गतेका लागि डाकिएको केन्द्रीय समिति वैठक मंसिर २४ र २५ गतेका लागि सारिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वेच्छाचारिता प्रदर्शन गरेको भन्दै डा. राणा नेतृत्वको समूहले अन्तरसंघर्ष गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij