Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

सामसङले लिएर आएको छ ग्यालेक्सी ट्याब एस११: क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम ट्याब्लेट

सामसङले लिएर आएको छ ग्यालेक्सी ट्याब एस११: क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम ट्याब्लेट


  • 351
    Shares

    सामसङले लिएर आएको छ ग्यालेक्सी ट्याब एस११:  क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम ट्याब्लेट
    images

    काठमाडौं ।  सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र शानदार ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी ट्याब एस११ नेपाली बजारमा प्रस्तुत गरेको छ।

    ग्यालेक्सी एआई र One UI 8 द्वारा संचालित, ट्याब एस११ ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिन्छ।

    सहज क्रिएटिभिटी र प्रोडकटिभिटीका लागि डिजाइन गरिएको ट्याब एस११ मा One UI 8 भित्र नै बहुआयामिक ग्लालेक्सी एआई क्षमता निर्मित गरिएको छ, जसले लेख्ने, कोर्ने, मल्टिटास्क गर्ने वा विचार आदान-प्रदान गर्ने कार्यहरूलाई अझ सहज र प्राकृतिक बनाउँछ। जेमीनी लाईभ (रियल-टाइम स्क्रिन शेयरिङ), Drawing Assist, Writing Assist, र Circle to Search जस्ता उपकरणहरूले प्रयोगकर्तालाई बिना सम्झौता काम, अध्ययन र आत्म-अभिव्यक्तिमा सशक्त बनाउँछन्।

    ग्यालेक्सी ट्याब एस११ मा ११.० इन्चको उच्च-डेफिनिशन डायनामिक डिस्प्ले र अत्याधुनिक ३ nm प्रोसेसर रहेको छ, जसले स्मूथ परफर्मेन्स, ऊर्जा दक्षता र प्रोफेशनल-ग्रेड भिजुअल प्रदान गर्छ। यसको अल्ट्रा-स्लिम, हल्का तौलको डिजाइन र सुधारिएको S Pen मा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ र नियन्त्रण क्षमताले यात्रामा समेत मल्टिटास्किङका लागि आदर्श उपकरण बनेको छ।

    थप प्रोडकटिभिटी सुधारहरूमा नयाँ Samsung DeX Extended Mode पनि समावेश छ, जसले ट्याब एस११ र बाह्य मोनिटरलाई डुअल-स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्छ। साथै, यसमा बहुविध कस्टमाइज गर्न सकिने कार्यक्षेत्रहरूको समर्थन पनि छ। GoodNotes, Clip Studio Paint, LumaFusion, र Notion जस्ता लोकप्रिय क्रिएटिभ र प्रोडकटिभ एपहरूसँगको अनुकूलताले ट्याब एस११ लाई सिर्जनाकर्मी, पेशेवर र विद्यार्थीहरूका लागि बहुपयोगी साथी बनाउँछ।

    सामसङ नेपालका एमएक्स डिभीजनका डाईरेक्टर, प्रणय रत्न स्थापितले ग्यालेक्सी ट्याब एस११ मार्फत हामी नेपालका युवा पेशेवर र सिर्जनाकर्मीहरूलाई प्रिमियम उत्पादकता र आधुनिक सिर्जनशीलताको पुल बन्ने उपकरण प्रदान गरेकाे बताए।

    ग्यालेक्सी ट्याब एस११ अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध छ। यसकाे मूल्य रू १ लाख २९ हजार ९ सय ९९ ताेकिएकाे छ ।

    साथै, हुलास फिनसर्भ हायर पर्चेजद्वारा संचालित सामसम इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले शुन्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआइ विकल्प सहित नयाँ उपकरणहरू प्राप्त गर्न सक्नेछन्।

     

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - ११:५०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij