२०८२ भाद्र ३ गते मंगलवार
इलाम । इलामको इलाम नगरपालिकाका सम्पूर्ण सेवा शुक्रबारदेखि बन्द हुने भएको छ । पालिकामा निरन्तर कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितहरुको संख्या बढ्दै गएकाले मंसिर १९ देखि २४ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको हो ।
यस अवधिभर पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा) बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाको कार्यलय इलामले सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएको छ ।
पूर्वाधार निर्माण सेवा भने निरन्तर जारी रहने इलाम नगरापालिका इलामका प्रशासकिय अधिकृत राम शाहले जानकारी दिए । उनले भने, स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा गरी २५ जना भन्दा कम मजदुर राखेर निर्माण कार्य जारी राख्ने नगरको निर्णय छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij