Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?


  • 673
    Shares

    सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन सुनको मूल्य घटेपनि शुक्रबार फेरि मूल्य बढेको हो । 

    बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । आज शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ। 

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - ११:१२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij