Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

काँग्रेस केन्द्रिय समिति बैठक जारी

काँग्रेस केन्द्रिय समिति बैठक जारी


  • 995
    Shares

    काँग्रेस केन्द्रिय समिति बैठक जारी
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार दिउँसोदेखि सुरु भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक दुई बजेबाट सुरु भएको हो । गत असोज २८ गतेबाट सुरु केन्द्रीय समिति बैठक कात्तिक एक गतेबाट बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

    जारी बैठकले कांग्रेसको १५ औँ महाधिवेशन, सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन, प्रतिनिधिसभा विघटन र जेनजी आन्दोलनबारे संस्थागत निर्णय गर्ने नेताहरू बताएका छन् ।बैठक केहीबेर अघिबाट सुरु भएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिएका छन् ।

    संस्थापनले नियमित महाधिवेशन आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने बताइरहेको रहेको छ । इतर समूहले नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने बताइरहेको छ । 

     

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - १४:३२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij