Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा थपिए ८१ जना

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा थपिए ८१ जना


  • 1.4K
    Shares

    एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा थपिए ८१ जना

    काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी विस्तार भएको छ। बुधबार बसेको बैठकले केन्द्रीय कमिटीमा थप ८१ जनालाई थप्ने निर्णय गरेको हो। 

    बैठकमा अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमसहितका पक्षलाई समेट्न भन्दै केन्द्रीय सदस्य थप्ने प्रस्ताव गरेका हुन्। उनको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ। 

    सिता थापा, अमृत सागर बस्नेत, गिता सोडारी, यादव बस्नेत, सुस्मा राई पार्टीभित्र क्रियाशील रहेकालाई केन्द्रीय सदस्य बनाइएको हो। 

    त्यस्तै वामदेव गौतमको नेतृत्वमा एकतामा आएकाहरुलाई पनि यसमा समेटिएको बताइएको छ। बिस्तारसँगै अब नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी ४२० सदस्यीय बनेको छ।

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १८:०३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij