Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

रुपन्देहीमा ईभी गाडी दुर्घटना ३ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

रुपन्देहीमा ईभी गाडी दुर्घटना ३ जनाको मृत्यु, ४ जना गम्भीर घाइते


  • 589
    Shares

    रुपन्देहीमा ईभी गाडी दुर्घटना ३ जनाको मृत्यु, ४ जना गम्भीर घाइते
    images

    काठमाडौं । रुपन्देहीमा ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

    मृत्यु हुनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिएका छन् । 

    गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन् । उनीहरुको थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो। 

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १२:२०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij