२०८२ कार्तिक १२ गते बुधवार
काठमाडौं । प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै सर्वोच्चमा परेको १६ वटा रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मासहितको संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश राउतले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।
यसअघि प्रधानन्यायाधीशले ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्तिसम्बन्धी मुद्दाको फैसलामा आफू अल्पमतमा परेपछि संवैधानिक इजलासबाट न्यायाधीश छान्ने प्रस्ताव गरेका थिए ।
तर, सर्वोच्चका कैयौँ न्यायाधीशहरूले गोला प्रक्रिया नअपनाउन, बरु संविधानमा भएको व्यवस्था बमोजिम आफूले नै अरू चार न्यायाधीश छान्न सुझाव दिएका थिए । त्यही सुझावका आधारमा राउतले बाँकी चार न्यायाधीश छानेर संवैधानिक इजलास गठन गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij