२०८२ कार्तिक १२ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन २ लाख ३६ हजार ३ हजार रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको छ।
साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ९६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij