Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

कांग्रेस नेता अफताव आलम केएमसीको आईसीयूमा भर्ना

कांग्रेस नेता अफताव आलम केएमसीको आईसीयूमा भर्ना


  • 568
    Shares

    कांग्रेस नेता अफताव आलम केएमसीको आईसीयूमा भर्ना
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिलक कलेज  (केएमसी)को आईसीयूमा भर्ना भएका छन् । मिर्गौलामा समस्या देखिएपछि उनलाई तिहार अघिदेखि आईसीयूमा उपचार भइरहेको जानकारी अस्पताल स्रोतले दिएको छ । 

    पूर्वमन्त्री आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलम र अन्य तीनलाई जन्मकैदको सजाय सुनाएको थियो । वीरगञ्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि त्यसैदिन नख्खु कारागारबाट छुटेका थिए । 

    कारागारबाट छुटेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक साता बढी उपचारपछि डिस्चार्ज भएका आलमलाई फेरी त्यही समस्या बल्झिएपछि दसैँ अगाडि केएमसी अस्पतालमा भर्ना गरिएको थियो । केही दिन राखेर डिस्चार्ज भएका आलमलाई फेरी समस्या बल्झिएपछि तिहारअघि पुनः भर्ना गरिएको हो ।  

     

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १०:४१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij