२०८२ कार्तिक ११ गते मंगलवार
काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ । हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू-भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए ।
यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उन्ले बताउ। यसको प्रभाव वागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिनसक्ने सम्भावना रहेको उनले भनाई छ । उनकाअनुसार चक्रवातको प्रभाव बिहीवार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिवारदिउँसो) सम्म रहने पूर्वानुमान छ । उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि उनले जानकारी दिए।
हाल ठूला नदीहरूको वहाव सामान्य अवस्थामा भएपनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताए। वागमती र कोशीजस्ता ठूला नदीमा ठूला बाढी आउने जोखिम रहेको उनको भनाई छ । यद्यपि नदी सतह शतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई शतर्क रहन उनले आग्रह गरे । उनले मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स-साना खोला-नालामा भने तिब्र बहावको सम्भावना रहेको बताए। १३ गते रातिदेखि १५ गतेसम्म उच्च शतर्कता अपनाउन उनले आग्रह गरे ।
जल तथा मौसम विभाग प्रवक्ता विभूति पोखरेलले मंगलवार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिए। हिमपातको कारण पर्वतारोहण तथा दैनिक जनजीवनमा पनि असर गर्ने उनको भनाई छ । उनले पश्चिमी वायु साथै अरब सागरमा बनेको न्युनचापीय प्रणालीको प्रभावले गर्दा मंगलवारको बदली देखिएको बताए। बुधवारदेखि विस्तारै यो सुधार हुँदै आउने उनको भनाई छ । विहीवारबाट भने फेरि चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकोले नेपालको मौसम प्रभावित हुने उनले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij