Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

बीपी राजमार्गमा ४२ फिट तल खस्यो कार , १ को मृत्यु, २ जना घाइते

बीपी राजमार्गमा ४२ फिट तल खस्यो कार , १ को मृत्यु, २ जना घाइते


  • 1.3K
    Shares

    बीपी राजमार्गमा ४२ फिट तल खस्यो कार , १ को मृत्यु, २ जना घाइते
    images

    काठमाडौं । सुनकोसी गाउँपालिका-६, चैनपुरस्थित बीपी राजमार्गमा मंगलबार बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

    विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार मंगलबार बिहान आफैं अनियन्त्रित भई सडकदेखि अन्दाजी ४२ फिट तल खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका ओमबहादुर अर्जेलको मृत्यु भएको  छ भने कारमा सवार उनकी श्रीमती सुनिता अर्जेल र छोरा निशान्त अर्जेल घाइते भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

    प्रहरीका अनुसार  सुनिताको अवस्था गम्भिर छ भने निशान्तको अवस्था मध्यम रहेको छ ।

    घाइतेहरूको खाल्टे स्थित आत्मिय सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :कार्तिक ११ २०८२ मंगलवार - १४:५८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij